logo

लगानी प्रवर्द्धनका लागि दक्षिण कोरीयाका राजदूतसंघ परिसंघको छलफल

लगानी प्रवर्द्धनका लागि दक्षिण कोरीयाका राजदूतसंघ परिसंघको छलफल
नेपाल उद्योग परिसंघ र नेपालका लागि दक्षिण कोरीयाका राजदूत पार्क तइयोङ्ग (Park Tae-Young) विच
लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ ।
परिसंघ सचिवालयमा आज बुधवार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले दुई देश विचको
कुटनैतिक सम्बन्ध स्थापित भएको ५० औं वर्ष पुगेकै दिन भएको यो छलफल अत्यन्त सुखद र महत्वपूर्ण भएको
वताउनु भयो । छलफलका क्रममा अध्यक्ष अग्रवालले कोरीयाली लगानी कर्ताहरूलाई नेपालमा भौतिक पूर्वाधार,
सूचना प्रविधि, पर्यटन, जलविद्युत, कृषिलगायतका क्षेत्रमा लगानी विस्तारका लागि पहल गर्न राजदूत
तइयोङ्गलाई आग्रह गर्नुभयो ।
सरकारले वैदेशिक लगानी आकर्षित गर्न विद्यमान केहि कानुनहरूमा संशोधन समेत गरिसकेको प्रसंग जोड्दै
अग्रवालले नेपाल लगानीका लागि राम्रो गन्तब्य रहेको बताउनु भयो । दक्षीण कोरीया नेपाली श्रमिकका लागि
आकर्षक गन्तब्य बन्दै गईरहेको बताउँदै नेपाली श्रमिकहरूले कोरीयामा सिकेको शिप नेपालमा उद्यमशिलताका
साथै समग्र आर्थिक विकासमा सहयोगि बन्ने विश्वास व्यक्त गर्नु भयो । वहाँले शिप विकासका क्षेत्रहरूमा समेत
लगानी गर्न आग्रह गर्नु भयो । परिसंघले आगामी सेप्टेम्बरमा आयोजना गर्न लागेको नेपाल पूर्वाधार सम्मेलन
२०२४ मा कोरीयाबाट उल्लेख्य लगानीकर्ताहरूको सहभागिताका लागि राजदूत तइयोङ्गसंग आग्रह गर्नु भयो ।
राजदूत पार्क टेइ योङ्गले परिसंघले संचालन गरेको ‘मेक ईन नेपाल - स्वदेशी अभियान’को प्रशंसा गर्दै यस्ता
अभियानहरूले मुलुकको उत्पादन, उत्पादकत्व तथा रोजगारी प्रवर्द्धन गर्दै आयात प्रतिस्थापनमा उल्लेख्य योगदान
पुर्‍याउने वताउनु भयो । राजदूत तइयोङ्गले कोरीयाको श्रम बजारमा उल्लेख्य उपस्थिति रहेको वताउँदै
नेपालीहरू मेहनती तथा ईमान्दार रहेको वताउनु भयो । उहाँले मुलुकमा उत्पादन हुने वस्तु तथा सो वस्तु उत्पादन
हुन प्रयोग हुने कच्चा पदार्थ र अर्ध तयारी वस्तुहरूमा भन्सार दरमा भिन्नता हुनु पर्ने विचार व्यक्त गर्नु भयो ।
नेपालको आर्थिक विकासमा आवश्यक सहयोग पुग्ने विषयहरूमा दक्षिण कोरीया सदैव सकारात्मक रहेको बताउनु
भयो ।
छलफलमा परिसंघका पुर्व अध्यक्ष सतिसकुमार मोर, उपाध्यक्ष निर्वाण चौधरी, राजबहादुर शाह तथा रोहित गुप्ता,
पदाधिकारी समिति सदस्य छाँया शर्मा तथा महानिर्देशक डा. घनश्याम ओझालगायतको सहभागिता रहेको थियो

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP