महत्वपूर्ण व्यवसायिक व्यक्ति (Commercially Important Person-CIP) सम्मानका लागि आवेदन दिने सम्वन्धी व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८२/०३/०६ )
महत्वपूर्ण व्यवसायिक व्यक्ति (Commercially Important Person-CIP) छनौट सम्मान तथा सुविधा सम्वन्धी कार्यविधि २०७४ अनुरुप मिति २०८२/०२/२५ को श्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय अुनसार स्वीकृत भएका महत्वपूर्ण व्यवसायिक व्यक्तिको सुचीमा थप गर्ने गरी कार्यविधिको दफा ५(२) अनुसार कार्यविधिको दफा ५(१) मा श्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मिति २०८२/०३/०६ को निर्णय अनुसार विधाहरू थप गरी यस्ता विधाहरुमा योग्य हुने व्यवसायिक संस्था तथा उद्योगहरुलाई आवेदन दिन व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सूचना प्रकाशन गरेको छ ।
यस्तो आवेदन मिति २०८२/०३/१३ गते कार्यालय समयभित्र TEPC मा पुग्ने गरी आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।