नेपाल उद्योग परिसंघ (CNI) को बाईसौं वार्षिक साधारण सभाको सूचना
मितिः २०८२/०३/०१
श्रीमान् सदस्यज्यूहरु
नेपाल उद्योग परिसंघको बाईसौं वार्षिक साधारण सभा यही २०८२ असार २४ र २५ गते (तदनुसार 8th and 9th July, 2025) मा हुने भएको व्यहोरा सम्पूर्ण सदस्यज्यूहरुमा सहर्ष जानकारी गराउन चाहन्छौं ।
साधारणसभा निम्नानुसार दुई सत्रमा काठमान्डौंमा सम्पन्न गर्ने तय गरिएको छ ।
पहिलो सत्रः
(क) साधारण सभाको समुद्घाटन समारोह : २०८२ असार २४ गते मंगलबार, अपरान्ह ४ः०० बजे ।
परिसंघको बाईसौँ वार्षिक साधारण सभाको समुद्घाटन समारोहलाई सम्बोधनसहित प्रमुख अतिथिको रुपमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट हुने कार्यक्रम तय गरिएको छ ।
दोश्रो सत्र :
दोश्रो सत्रलाई निम्न तीन उप-सत्रहरूमा विभाजन गरिएको छ ।
(क) साधारण सभाको बन्द सत्र:
२०८२ असार २५ गते बुधबार, बिहान १०ः०० बजेदेखि १२:०० बजेसम्म
बन्द सत्रको विषय सूची निम्नानुसार हुनेछ :-
१) परिसंघको कार्यक्रम एवं गतिविधि सम्बन्धि प्रतिवेदन प्रस्तुत तथा छलफल ।
२) परिसंघको आ. व. २०८०।८१ को लेखा परिक्षण प्रतिवेदन तथा आ.व. २०८१।८२ आय व्यय विवरण प्रस्तुत तथा छलफल।
३) आ.व. २०८१।८२ को लागि लेखा परिक्षकको नियुक्ति ।
४) परिसंघको आ.व. २०८२/८३ को कार्यदिशा प्रस्तुति तथा छलफल ।
५) विविध ।
(ख) राष्ट्रिय परिषद् सदस्यहरुको निर्वाचन: २०८२ असार २५ गते बुधबार, दिनको २ः०० बजे ।
(ग) उपाध्यक्षको मनोनय: राष्ट्रिय परिषदको निर्वाचन परिणाम घोषणा लगत्तै जारी हुने सूचना बमोजिम ।
साधारण सभामा भागलिन आवश्यक प्रतिनिधि दर्ता फाराम, निर्वाचन कार्यक्रम, तथा परिसंघ राष्ट्रिय परिषद् सदस्यको उम्मेदवारी मनोनयन दर्ता फारम यहाँहरुको प्रयोजनार्थ तल दिएको लिङ्कहरूबाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ ।
साधारणसभाका सम्पूर्ण कार्यक्रमहरुमा परिसंघका सबै सदस्य प्रतिनिधिज्यूहरुको सहभागितासहित साधारणसभा सफल बनाउन हार्दिक आग्रह गर्दछौं ।
साधारणसभा सम्बन्धी थप जानकारी आवश्यक परेमा परिसंघ सचिवालयमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।
डाउनलोड लिंकहरू
ग) राष्ट्रिय परिषद् सदस्यको उम्मेद्वारी मनोनयन दर्ता फारम
[पुनश्चः परिसंघको विधान अनुसार साधारण सभामा भाग लिन चालू आर्थिक बर्षको सदस्यता नविकरण गरिएको हुनु पर्ने भएकोले यहाँको संस्थाको नविकरण भएको सुनिश्चित गर्नु हुन अनुरोध गर्दछौं । नविकरण सम्बन्धमा थप जानकारीका लागि परिसंघको सचिवालयमा राजु पोख्रेल (९८४९५७५१९१) संग सम्पर्क गर्नुहुन अनुरोध छ।
साधारण सभाको व्यवस्थापनलाई सहयोग पुग्ने गरि साधारण सभामा भाग लिनु हुने प्रति प्रतिनिधि रु. ५,०००।– शुल्कलाग्ने व्यवस्था गरिएको व्यहोरा जाकारीको लागि अनुरोध छ । यस सम्बन्धि थप जानकारी प्रतिनिधि दर्ता फाराममा उपलब्ध रहेको छ ।]
महानिर्देशक
नेपाल उद्योग परिसंघ
थापाथलि, काठमाण्डौ