logo

नेपाल उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदुत बीच द्विपक्षीय आर्थिक सम्बन्ध बिस्तारमा छलफल

नेपाल उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदुत बीच द्विपक्षीय आर्थिक सम्बन्ध बिस्तारमा छलफल

काठमाडौं

नेपाल उद्योग परिसंघ र नेपालका लागी बेलायती राजदुत रब फेनबीच द्धिपक्षिय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिबृद्धिमा छलफल भएको छ।

परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले 'नेपाल इन बिजनेस' लगायत नयाँ कार्यक्रमहरु सुरु गरेकोमा धन्यवाद दिनुभयो । यसबाट नेपालले महत्वपूर्ण उपलब्धी हासिल गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । परिसंघले सरकारसँगको सहकार्यमा मेक इन नेपाल स्वदेशी अभियान संचालन गरिरहेको भन्नुहुँदै बेलायती दूतावाससँग सहकार्यका लागि परिसंघ तयार रहेको बताउनुभयो ।

अध्यक्ष अग्रवालले बेलायतसँग नेपालको अन्तराष्ट्रिय व्यापार घाटामा रहेको उल्लेख गर्नुहुँदै नेपाली वस्तुहरुलाई बेलायती बजारमा प्रतिस्पर्धा गर्न आवश्यक सहयोग गर्न राजदूतलाई आग्रह गर्नुभयो । उहाँले नेपालको पूर्वाधार, विद्युत तथा नविकरणीय उर्जा, सूचना प्रविधिलगायतका क्षेत्रमा बेलायती लगानीकर्ता भित्र्याउन भूमिका खेल्न आग्रह गर्नुहुँदै बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौतामा जोड दिनुभयो ।

सो छलफलमा नेपालका लागी बेलायती राजदुत फेनले नेपालमा आर्थिक गतिविधिहरु संचालन गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न र दुई देशबीचको नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्न बिजुली उत्पादन, ऊर्जा, प्रविधि, पर्यटन र कृषि व्यवसाय क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । साथै नेपाल इन बिजनेसजस्ता पहलहरूमार्फत नेपालसँगको आर्थिक साझेदारीलाई बलियो बनाउन बेलायत प्रतिबद्ध रहेको बताउनुभयो।

छलफलमा परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष वीरेन्द्रराज पाण्डेलगायत सहभागी हुनुहुन्थो।

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP