logo

नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको पदस्थापन तथा कार्यालय उद्घाटन

नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको पदस्थापन तथा कार्यालय उद्घाटन
धनगढी । 
नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश नयाँ कार्यसमितिको पदस्थापन तथा कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार धनगढीमा आयोजित समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रदेश कार्यालयको उद्घाटन गर्नुभयो । 
पदस्थापन तथा कार्यालय उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेश लगानीमैत्री वातावरण बनाउन सरकार लागेको बताउनुभयो । प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको भन्नुहुँदै उहाँले लगानी मैत्री वातावरण बनाउन आवश्यक प्रक्रियाहरू अगाडि बढाएको बताउनुभयो । उहाँले सुदूरपश्चिममा थुप्रै लगानीका सम्भावना रहेको भन्नुहुँदै लगानी भित्र्याउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले प्रदेशका युवा उद्यमीहरुलाई प्रोत्साहन एवं प्रबद्र्धन गर्न इन्क्यूवेसन सेन्टर स्थापना गर्न प्रदेश सरकारलाई गर्नुभएको प्रस्तावमा मुख्यमन्त्री शाहले सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष अग्रवालले मुलुकको समग्र आर्थिक विकासका लागि परिसंघले काम गर्दै आईरहेको भन्नुहुँदै सुदूरपश्चिम प्रदेश सरकारसँग सहकार्य गर्दै अगाडि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपाल उद्योग परिसंघले लिएको स्वदेशी उद्योगको प्रबद्र्धन, उद्योगमैत्री नीति नियम तथा उद्योगी व्यवसायीहरुका हकहितका आवाजलाई सुदूरपश्चिम उद्योग परिसंघले थप बलियो रुपमा उठाउने विश्वास व्यक्त गर्नुभयो । 
परिसंघका उपाध्यक्ष भीम घिमिरेले प्रदेश परिसंघले प्रदेश एवं स्थानीय उद्योगी व्यवसायीहरुको हकहितका लागि प्रदेश सरकारलाई तथ्यपरक रुपमा नीतिगत सुझाव दिन सफल हुने विश्वास व्यक्त गर्नुभयो । 
नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमणचन्द्र श्रेष्ठले प्रदेश सरकारसँग नजिक रहेर आर्थिक विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
श्रेष्ठको अध्यक्षतामा गठित ११ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा तेज शंक भट्ट, उपाध्यक्षहरुमा सुनिता सुरी, सुनिल श्रेष्ठ, कोषाध्यक्षमा लालबहादुर शाही हुनुहुन्छ । यस्तै कार्यसमिति सदस्यहरुमा हिरा भण्डारी, जगदीशचन्द्र भट्ट, कलेन्द्र शाही, दीप रावत, हेमन्त पौडेल र डिल्लीराज जोशी हुनुहुन्छ । 

प्रदेश लगानी सम्मेलन सम्बन्धमा परिसंघ र मुख्यमन्त्रीबीच छलफल
यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनका विषयमा मूख्यमन्त्री शाहले नेपाल उद्योग परिसंघसँग छलफल गर्नुभएको छ । धनगढी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश लगानीका लागि उर्वरभूमी रहेको भन्नुहुँदै लगानीकर्ता ल्याउन सहयोग गर्न परिसंघलाई आग्रह गर्नुभयो। 
सो अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रदेशमा रहेको लगानीका क्षेत्रबारे लगानीकर्तालाई जानकारी गराउन लगानी सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो । लगानी सम्मेलन सफल बनाउन परिसंघले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। 
सो छलफलमा परिसंघका उपाध्यक्ष भीम घिमिरे, सीएनआई सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमणचन्द्र श्रेष्ठ, प्रदेश सरकारका प्रमुख सचिव, सचिवहरु, परिसंघका महानिर्देशक घनश्याम ओझालगायत सहभागी हुनुहुन्थ्यो । 
 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP