logo

सीएनआई र एमच्याम नेपालद्वारा ‘टेक पीक नेपालः ओर्लान्डो २०२५’ को सफल आयोजना, अमेरिकी आईटीईएस उद्योगमा नेपालको ऐतिहासिक उपलब्धी

सीएनआई र एमच्याम नेपालद्वारा ‘टेक पीक नेपालः ओर्लान्डो २०२५’ को सफल आयोजना, अमेरिकी आईटीईएस उद्योगमा नेपालको ऐतिहासिक उपलब्धी

काठमाडौं । 

नेपाल उद्योग परिसंघ (सीएनआई) ले अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को सहकार्यमा ‘टेक पीक नेपालः ओर्लान्डो २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ । यो नेपालबाट अमेरिकामा आयोजना गरिएको पहिलो अन्तर्राष्ट्रिय रोडशो हो, जसले नेपाललाई आईटी–सम्बद्ध सेवा तथा आउटसोर्सिङका लागि एक प्रमुख गन्तव्यका रूपमा प्रस्तुत गरेको छ । यस ऐतिहासिक पहलले नेपाललाई विश्वव्यापी प्रविधि क्षेत्रको महत्वपूर्ण हिस्सा बनाउने सम्भावनालाई उजागर गरेको छ ।

रोडशो अन्तर्गत नेपालका आईटी तथा आईटीईएस कम्पनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सहभागी गराउन आउटसोर्सिङ क्षेत्रको सबैभन्दा ठूलो भेला ‘सेयर्ड सर्भिसेस् एण्ड आउटसोर्सिङ वीक (एसएसओडब्लू) सम्मेलन २०२५’ मा एक विशेष नेपाल पवेलियन प्रस्तुत गरिएको थियो । नेपाल पवेलियनले नेपालका प्रमुख प्रविधि कम्पनीहरूलाई विश्वभरका लगानीकर्ता, उद्योग विज्ञ, तथा निर्णयकर्तासमक्ष चिनाउन सफल भयो ।
नेपाल पवेलियनमा नेपालका छ वटा अग्रणी प्रविधि कम्पनीहरू सक्छ, इनोभेट टेक, एफवान सफ्ट, सिमजुङ, सिनिकल टेक्नोलोजी, र मोनाल टेकले आफ्ना नवप्रवर्तन तथा आउटसोर्सिङ क्षमता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरे । यी नेपाली कम्पनीहरू ऋबउनझष्लष्, क्ब्ए, क्ष्लायकथक, क्ष्द्यः, ऋयनलष्शबलत, एधऋ, ध्ष्उचय, ँभिहत्भअक, त्ऋक्, ज्ऋी जस्ता विश्वप्रसिद्ध प्रविधिमुखी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै नेपाललाई ठूलो लगानीका लागि तयार गन्तव्यका रूपमा स्थापित गरेको छ । टेक पीक नेपालः ओर्लान्डो २०२५ मा नेपाली टोलीको नेतृत्व परिसंघ आईटी काउन्सिल सभापति एवं एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित शाहले गर्नुभएको थियो ।
 
टेक पीक नेपालः ओर्लान्डो २०२५ ले अन्तर्राष्ट्रिय प्लाटफर्ममा महत्वपूर्ण उपलब्धी हासिल गरेको परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बताउनुभयो । यस पहलमार्फत नेपालले अन्तर्राष्ट्रिय सूचना प्रविधि तथा आउटसोर्सिङ उद्योगमा विशाल सम्भावना प्रस्तुत गर्न सफल भएको उहाँले उल्लेख गर्नुभयो । “यो सुरुवात हो, हामी नेपाललाई एक अग्रणी आईटीईएस हबका रूपमा स्थापित गर्न निरन्तर लागिरहनेछौं ।”

एमच्याम नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले परिसंघ र एमच्याम नेपालबीचको सहकार्यले नेपालको आईटीईएस क्षेत्रमा नयाँ आयाम स्थापित गरेको बताउनुभयो । यस रोडशोले सिर्जना गरेका अवसरहरूले नेपालमा थप लगानी र सहकार्यका ढोका खोल्ने र नेपाललाई आउटसोर्सिङका लागि प्रमुख गन्तव्य बनाउने विश्वास व्यक्त गर्नुभयो ।

एसएसओडब्लू सम्मेलन २०२५ मा एक हजार भन्दा बढी उद्योग विज्ञहरूको सहभागिता रहेको थियो, जसले नेपाली प्रविधि कम्पनीहरूलाई सम्भावित अन्तर्राष्ट्रिय ग्राहक, लगानीकर्ता, तथा रणनीतिक साझेदारहरूसँग सम्पर्क गर्ने अभूतपूर्व अवसर प्रदान गर्यो ।

टेक पीक नेपालः ओर्लान्डो २०२५ को प्रमुख उद्देश्य नेपाललाई एक भरपर्दो र प्रतिस्पर्धी आईटीईएस तथा आउटसोर्सिङ गन्तव्यका रूपमा स्थापित गर्नु हो । यस रोडशोले नेपालको डिजिटल रूपान्तरण यात्रामा महत्वपूर्ण कोशेढुंगा स्थापित गर्दै विदेशी लगानी प्रबद्र्धन, रोजगारी सिर्जना तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्न मद्दत गरेको परिसंघको विश्वास छ ।
 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP