logo

स्वदेशी उत्पादन प्रवर्द्धनका लागी बृहत 'स्वदेशी बजार २०२५' हुदै

स्वदेशी उत्पादन प्रवर्द्धनका लागी बृहत 'स्वदेशी बजार २०२५' हुँदै

काठमाडौँ ।

नेपाल उद्योग परिसंघ (सिएनआई) र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहकार्यमा सञ्चालीत मेक इन नेपालस्वदेशी अभियानले उद्योग विभागको सहयोग एवं समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गर्दैछ

आगामी डिसेम्बर १३, २०२५ ( २७ मंसिर २०८२) शनिबार अन्तर्राष्ट्रिय क्लब, सानेपा, ललितपुरमा सञ्चालन हुने सो एकदिने प्रदर्शनीले नेपालमै बनेका उत्पादनेपालकै पहिचान भन्ने अवधारणामा गुणस्तरीय नेपाली उत्पादनको प्रवर्द्धन, स्वदेशी उद्योग तथा उद्यमहरूको क्षमता अभिवृद्धि, घरेलु उत्पादकहरूलाई बजार पहुँचमा सहयोग पुर्याउने उद्देश्य लिएको छ

साना, मझौला तथा घरेलु उद्योगहरूको प्रवर्द्धनका लागि निःशुल्क स्टल सुविधा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरीएको उक्त प्रर्दशनीमा तीन हजार भन्दा बढीको सहभागिता हुने अनुमान गरिएकोछ

प्रर्दशनीमा कृषि तथा एग्रोप्रविधि, खाद्य तथा प्रशोधित उत्पाद, वस्त्र तथा पहिरन, हस्तकला तथा कला उद्योग, आयुर्वेदिक तथा स्वास्थ्य सेवा सम्बन्धि उत्पादन, सजावट सामग्री, चिया तथा पेय पदार्थ, अन्य उत्पादन निर्माण सम्बन्धी उद्योगसहित करिब ४०५० उद्योग तथा उद्यम सहभागी हुने न् यसमार्फत सहभागी उद्योगहरूलाई आफ्ना उत्पादन तथा सेवाहरू सार्वजनिकरूपमा प्रदर्शन गर्ने, उपभोक्तासँग प्रत्यक्ष रूपमा संवाद एवं अन्तरक्रिया गर्न, तथा सम्भावित खरीदकर्ता, वितरक, व्यवसायिक साझेदार सरोकारवालाहरुसँग नेटवर्क विस्तारका कार्यक्रमहरू सञ्चालन गरिनेछ

परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्वदेशी बजार २०२५ ले नेपाली उद्योग, सीप, नवप्रवर्तन उद्यमशीलताको पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्ने तथा स्वदेशी उत्पादनको उपभोग प्रवर्द्धनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP