logo

द्धिपक्षीय व्यवसायीक सम्बन्ध विस्तार गर्न नेपाल उद्योग परिसंघ र साना तथा मझौला जर्मन व्यवसायीक संघबीच समझदारी

द्धिपक्षीय व्यवसायीक सम्बन्ध विस्तार गर्न नेपाल उद्योग परिसंघ र साना तथा मझौला जर्मन व्यवसायीक संघबीच समझदारी
काठमान्डौं ।  
नेपाल उद्योग परिसंघ ९सीएनआई० र साना तथा मझौला जर्मन व्यवसायीक संघ ९बीभीएमडब्ल्यू० बिच दुई द्धिपक्षीय व्यवसायीक सम्बन्ध एवं सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सहकार्यले नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन र विकासका लागि नयाँ बाटो खोल्ने विश्वास गरिएको छ । 
समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र बीभीएमडब्ल्यूका नेपाल प्रतिनिधि शुभाशिष थपलियाले हस्ताक्षर गर्नुभयो । 
सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले यस सहकार्यले नेपाल र जर्मनका साना तथा मझौला उद्योगहरूबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग गर्ने बताउनुभयो। उहाँले नेपाल र जर्मन एसएमइज् बीचको सहकार्यले दुबै राष्ट्रको विकासमा टेवा पुर्‍याउने र समृद्धितर्फ डोर्‍याउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि जर्मन राजदूत डा। थोमस प्रिन्जले यस सहकार्यले व्यवसायिक तथा लगानी अवसरलाई सहजीकरण गर्न भूमिका खेल्ने बताउनुभयो। उहाँले दुवै देशका साना तथा मझौला उद्योगहरूबीचको सहकार्यलाई बढावा दिन र सीमापार व्यापार सहज गर्न समेत यसले उल्लेख्य योगदान गर्ने बताउनुभयो।
बीभीएमडब्ल्यूका नेपाल प्रतिनिधि थपलियाले यस समझदारीको उद्देश्य व्यवसायिक सम्बन्ध अभिवृद्धि गर्ने, लगानी आकर्षित गर्ने र दुवै देशका लागि हित हुने संयुक्त उद्यमका अवसरहरू खोज्ने रहेको बताउनुभयो।
सो अवसरमा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल उद्योग परिसंघका महानिर्देशक दीपक राज जोशी, सीएनआई वमन लिडरसिप फोरम सदस्य रिता भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो।

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP