राजस्व परामर्श समिति अन्तरगत उद्योग, वाणिज्य, लगानी तथा निर्यात प्रवद्धन उप समितिको सूचना
आगामी आ.व. २०८२/८३ को राजस्व नीति तर्जुमाका सन्दर्भमा राजस्व परामर्श समितिलाई क्षेत्रगत सुझाव दिने प्रयोजनका लागि गठित उद्योग, वाणिज्य, लगानी तथा निर्यात प्रवर्द्धन उप-समितिमा पेश गर्ने सुझावहरू समेट्ने उद्देश्यले निजी क्षेत्र/निकायहरूबाट सुझाव संकलन गरी उप-समितिमार्फत प्रतिवेदन पेश गर्ने प्रयोजनको लाग यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ । तसर्थ मिति २०८१/१२/०३ गते भित्र लिखित रुपमा रायसुझाव पेश गर्नुहुन अनुरोध छ।
email: ipdivision@moics.gov.np
उद्योग, वाणिज्य, लगानी तथा निर्यात प्रवद्धन उप समिति