logo

सामाजिक सद्भाव कायम राख्न नेपाल उद्योग परिसंघको अपिल

सामाजिक सद्भाव कायम राख्न नेपाल उद्योग परिसंघको अपिल
काठमान्डौं । 

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थिति समाधानका लागि नेपाल उद्योग परिसंघ सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गर्दछ । सदियौं देखि नेपाल धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक हो । हाम्रो यो विशिष्ट पनलाई कायम राख्दै सामाजिक, धार्मिक एवं साम्प्रदायिक सहिष्णुतालाई कायम राख्न परिसंघ सबैमा हार्दिक अपिल गर्दछ । 
कुनै पनि समस्या, असन्तुष्टि वा विवाद वार्ताका माध्यमबाट समाधान भएको उदाहरण प्रशस्त छन् । त्यसैले कुनै पनि समस्याको समाधान आन्दोलन, हिंसा वा मुठभेडबाट नहुने हुँदा संयमता अपनाई आपसि सद्भाव कायम राखी मुलुकमा शान्ति सुव्यवस्था, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न परिसंघ सबैमा आह्वान गर्दछ । 
मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा छ । रोजगारी सिर्जना गर्दै समग्र अर्थतन्त्रलाई अगाडि बढाउन अतिआवश्यक रहेको अवस्थामा यस्ता घटनाले सबैलाई निराश बनाउँछ । आन्दोलनका क्रममा जनधनको क्षतिसहित सार्वजनिक एवं निजी सम्पत्तिमाथि तोडफोड, बजार, पसल बन्द गराउने तथा लुटपाटको घटनाले अत्यन्त दुखित एवं चिन्तित बनाएको हुँदा आम नागरिक तथा उद्योग व्यवसायलाई पूर्ण सुरक्षाको प्रत्याभूती दिलाउन समेत परिसंघ नेपाल सरकार तथा सरोकारवाला सबै समक्ष अनुरोध गर्दछ । 
साथै, मुलुकमा सामाजिक, धार्मिक एवं साम्प्रदायिक सहिष्णुतालाई कायम राख्दै सद्भाव कायम गर्न समाजका अन्य संघ संस्थाहरुसँगको सहकार्यमा सद्भाव ¥यालीलगायतका शान्ति स्थापना गर्न सहयोग गर्ने गतिविधि गर्न परिसंघका सबै प्रदेश तथा जिल्ला संघ एवं निजी क्षेत्रका अन्य संघ संस्थाहरुलाई पनि परिसंघ आग्रह गर्दछ ।


 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP